काठमाडौं महानगरको नगरसभा २९ गतेका लागि आह्वान

`

     २०८२ आषाढ २७ गते ३:५७

काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिकाले आगामी आइतबार (२९ गते)+ नगरसभाको घोषणा गरेको छ । आज  बसेको कार्यकालिका बैठकले आइतबार दिउँसो २ बजे नगरसभाको घोषणा गरेको हो ।

काठमाडौं महानगरको कार्यपालिका बैठक सात महिनापछि बसेको हो । आजको बैठक करिब १ मिनेट ८ सेकेन्डमै सकिएको थियो । महानगरपालिका प्रमुख बालेन्द्र शाहले नगरसभाको प्रस्ताव गरेका थिए । सदस्यहरुले पारित गरेसँगै उनले अरु छलफलको विषय केही पनि नरहेको भन्दै बैठक समापन भएको घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?