काठमाडौं, असार २६ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
बैठकले पार्टीको स्थायी कमिटी र केन्द्रीय समितीको बैठक बोलाउने विषयमा छलफल हुने बताइएको छ । त्यस्तै बैठकमा बाढी–पहिरोले पुर्याएको क्षति, राहत तथा उद्धार बारे समेत छलफल हुने भएको छ ।




