गोदावरी नदीमा फसेका ६ जनाको उद्धार

`

     २०८२ आषाढ २५ गते ५:१६

काठमाडौँ, असार २५ । गोदावरी नगरपालिकास्थित गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा उनीहरुलाई उद्धार गरिएको हो। नदीमा श्राद्ध गर्न गएका उनीहरु वर्षातको कारण एक्कासि बाढी आएपछि बीच भागमा फसेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?