परराष्ट्रमन्त्री डा. राणा र जर्मनीका विदेशमन्त्री वाडेफुलबीच भेटवार्ता

`

     २०८२ आषाढ २४ गते ६:००

काठमाडौँ, असार २४ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच भेटवार्ता भएको छ ।

जर्मनी भ्रमणमा रहेकी राणाले भेटमा नेपाल-जर्मनी सम्बन्धको विविध पक्षहरूको समीक्षा गरेको जानकारी दिएकी छन् ।

भेटवार्तामा मन्त्री डा. राणाले दुई देशबीच प्रत्यक्ष उडान पुनस् सुरु गर्न अनुरोध गरेको उल्लेख गरेकी छन् । मन्त्री राणाले यस भेटबाट दुई देशको सम्बन्धलाई अझ प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?