काठमाडौँ, २२ असार । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र त्रिवि सेवा आयोगका पदाधिकारीहरूलाई विश्वविद्यालय परिसरमा प्रवेश निषेध गरेको छ।
अखिल क्रान्तिकारी त्रिविको कार्यवाहक अध्यक्ष शिवराज भट्टले एक विज्ञप्ति जारी गर्दै माग पूरा नहुँदासम्मको लागि प्रवेश निषेध गरेको जनाएका हुन्।




