स्वदेश फर्किए प्रधानमन्त्री ओली

`

     २०८२ आषाढ २० गते ५:४५

काठमाडौँ, २० असार । ६ दिने स्पेन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका प्रधानमन्त्री ओली शुक्रबार कतारको दोहा हुँदै स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री स्वदेश फर्कँदा त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी पदाधिकारीहरूले स्वागत गर्नुका साथै नेपाली सेनाको टुकडीले सलामी दिएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?