गभर्नर पौडेलसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट

`

     २०८२ आषाढ २० गते १:२०

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

डा.पौडेल गभर्नर बनेपछि राजदुत सोङको पहिलो भेटवार्ता हो ।

भेटवार्तामा गभर्नर पौडेल र राजदूत सोङले नेपाल र चीनबीचको वित्तीय क्षेत्र सहकार्यका विभिन्न पक्षहरूमा छलफल गरेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?