काठमाडौं, २० असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा असार १६ गते सुरू भएको बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको म्याद थप गर्ने वा नगर्नेलगायत विषयमा छलफल हुने बताइएको छ । यस विषयमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।




