पत्रकार दिलभूषण पाठककों आजै थुनछेक बहस हुने

`

     २०८२ आषाढ १९ गते १२:४०

काठमाडौं, १९ असार । पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । आफूविरुद्ध दर्ता भएको विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दामा बयानका लागि उनी आज अदालत उपस्थित भएका हुन् ।

उनले बयान र थुनछेक बहस आजै हुने बताइको छ । पाठकको मुद्दा सुनुवाइका लागि जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासमा पेशी तोकिएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले पत्रकार पाठकविरुद्ध केही दिनअघि मुद्दा दायर गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?