सर्वोच्च अदालतद्वारा दीपक मनाङेको सांसद पद खारेज

`

     २०८२ आषाढ ०४ गते ९:१७

काठमाडौ्रँ, असार ४ । ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई कारागारमा रहेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ(दीपक मनाङे)को सांसद पद खारेज हुने फैसला सर्वोच्च अदालतले गरेको छ । उनी निर्वाचनमा उम्मेदवार हुनै योग्यता नपुगेको सर्वोच्चको संवैधानिक इजलासको ठहर छ ।

फौजदारी मुद्दामा दोषी ठहर भएको अवस्थामा उनको उम्मेदवारको योग्यता नपुग्ने भन्दै अधिवक्ता विरेन्द्रराज कार्कीले दायर गरेको रिटमा प्रधानन्यायधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासबाट बुधबार आंशिक रिट जारी हुने फैसला भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?