काठमाडौँ, असार २ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका छन् ।
तीनकुने घटनाका आरोपी रहेका मिश्र मंगलबार बिहान जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका हुन् । उनको आजै थुनछेक बहस हुने भएको छ ।
मिश्रविरुद्ध तिनकुने घटनामा राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरको आरोप लगाइएको छ ।




