प्रधानमन्त्रीद्वारा त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको निरीक्षण

`

     २०८२ ज्येष्ठ २६ गते ५:१६

काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको निरीक्षण गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले गरिरहेको काम हेर्न ओली आज कीर्तिपुर पुगेका हुन् । गत फागुनदेखि क्रिकेट मैदानको प्यारापिट निर्माणको काम भइरहेको छ । प्यारापिट निर्माणको ठेक्का बीकेओआई–केसीडीसी–बिजी जेभीले ४३ करोड ७७ लाख रुपैयाँमा पाएको छ ।

गत वैशाख २४ सम्म काम सक्ने समय तोकिएकोमा अहिलेसम्म पनि पूरा भएको छैन । समयमा काम नसकिएपछि प्रम ओली काम छिटो गर्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?