कर्णालीको नीति तथा कार्यक्रम आज आउदै

`

     २०८२ ज्येष्ठ २२ गते १:३४

काठमाडौँ, जेठ २१ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज सार्बजनिक गर्दैछ ।

कर्णाली प्रदेश सभाको छैटौँ अधिवेशनको आज अपराहन्न ३ बजे बस्ने बैठकमा कर्णाली प्रदेशको प्रदेश प्रमुखको भूमिका निभाइरहेका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?