मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानलाई निरन्तरता दिने माओवादी केन्द्रको निर्णय

`

     २०८२ ज्येष्ठ १७ गते २:००

काठमाडौं, १६ जेठ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले मध्यपहाडी लोकमार्गअन्तर्गतको अभियानलाई पुनः निरन्तरता दिने निर्णय गरेको छ । आज (शुक्रबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको बैठकले आगामी जेठ २१ गतेदेखि २५ गतेसम्म मध्यपहाडी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी अभियानलाई निरन्तरता दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकमा पार्टी समायोजन भएर आएका नेताहरुको जिम्मेवारी तोक्नेबारे पनि छलफल भएको छ । नेपाल समाजवादी पार्टीबाट समायोजन भएर माओवादी केन्द्रको सचिव बनेका गंगानारायण श्रेष्ठ पनि आजको बैठकमा सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?