झ्यापझ्याप बत्ती गएको हो, लोडसेडिङ भएको होइन

`

     २०८२ ज्येष्ठ ०३ गते १:५७

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको प्रणालीमा प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गइरहेको बताएका छन् । शुक्रबार स्युचाटारमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको भन्दै लोडसेडिङ हुन्छ भन्ने भ्रममा नगर्न आग्रह गरेका हुन् ।

उनले शुक्रबार पिक आवरमा भारतबाट नेपालमा विद्युत् आयात भइरहेको ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा आएको प्राविधिक समस्याका कारण काठमाडौंसहित देशका अधिकांश स्थानमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको स्वीकार गरे । उनले विद्युत् प्रणालीमा अचानक समस्या देखिएपछि बिहीबार साँझ झ्यापझ्याप बत्ती गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?