काठमाडौँ, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा हाजिर गराइएको छ । बिहीबार अदालत उपस्थित भएका मिश्रको शुक्रबार पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सारिका कार्कीले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।



