शताब्दी पुरुष सत्यमोहन जोशीको शालिक अनावरण

`

     २०८२ वैशाख ३० गते ११:५६

काठमाडौँ, बैशाख ३० । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना भएको बताएका छन् ।

ललितपुर महानगरपालिकाले निर्माण गरेको शताब्दी पुरुष सत्यमोहन जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरपालिका शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा कुनै पनि काम गर्न पछाडि नपर्ने बताएका हुन् ।

उनले भने, ‘शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना हुन् । सत्यमोहन जोशी ललितपुर महानगरपालिकाकामा जन्मिनु हाम्रो लागि सौभाग्य हो । ललितपुर महानगरपालिका शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा कुनै पनि काम गर्न पछाडि पर्दैन । सत्यमोहन जोशीको नाममा कुनै पनि काम कुरो गर्दा हामी सदा सर्वदा तयार छौं । यसमा घरपरिवारको पनि सहयोग चाहिन्छ । घरपरिवारको सहयोग बिना कुनै पनि काम गर्न हामी सक्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?