सहकारी ठग्नेको सम्पत्ति राज्यले जफत गर्नुपर्ने चित्रबहादुर केसी दाबी

`

     २०८२ वैशाख २६ गते ६:२५

काठमाडौँ, वैशाख २६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठग्नेको सम्पत्ति राज्यले जफत गरेर पीडित बचतकर्तालाई फिर्ता गर्नुपर्ने बताएका छन् ।

उनले देशको आर्थिक अवस्था सुधार गर्न कृषिमा क्रान्ति ल्याउनुपर्ने बताए । उनले उद्योग खोलेर युवा रोजगार बढाउनुपर्ने सुझावसमेत दिए ।

नेपालको राजनीति भ्रष्ट बन्दै गएकोमा केसीको चिन्ता थियो । उनले संसद‍्का सबै दलहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप पनि लगाए । ‘मैले बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको संगत गरें, उनीहरु भ्रष्टाचारविरोधी थिए,’ उनले भने, ‘अहिले तीनै नेताका कार्यकर्ताहरु भ्रष्ट निस्के ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?