भारत-पाकिस्तान तनाव बढ्दै, सशस्त्र प्रहरीले राख्यो १८४४ स्थानमा चेकप्वाइन्ट

`

     २०८२ वैशाख २५ गते ३:५८

काठमाडौं, वैशाख २५ । भारत-पाकिस्तानबीच बढ्दो तनावलाई मध्यनजरमा राखेर सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा चेकप्वाइन्टहरू राखेको छ।

४८ घण्टामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले एक हजार ८४४ स्थानमा चेकप्वाइन्ट बनाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार सशस्त्र प्रहरीले ३१२ पटक सीमा क्षेत्रमा गस्ती समेत गरेको छ।

‘सामान्यतस् नियमित रूपमा यति धेरै संख्यामा चेकप्वाइन्टहरू राखिन्न। अहिले चाहि गस्ती र जाँच गर्ने संख्या बढाइएको छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?