काठमाडौँ, २५ बैशाख । भारत–पाकिस्तान तनाव बढेपछि सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।
सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्ने उद्देश्यसहित सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरीले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबि) सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तिब्रता दिएको हो ।
यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।




