स्रोत नखुलेको ९५ लाख रूपैयाँसहित ४ जनालाई प्रहरीले लियो नियन्त्रणमा

`

     २०८२ वैशाख २१ गते ८:५३

काठमाडौं, वैशाख २१ । काठमाडौंबाट प्रहरीले ९५ लाख रूपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-९ पिंगलास्थान सडकबाट दुइटा मोटरसाइकलमा सवार चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीका ४३ वर्षीय गणेश राई, लमजुङका ३१ वर्षीय सन्तोष गुरूङ र ३९ वर्षीय सन्तोष घिमिरे छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?