कक्षा १२ को परीक्षा सुरू, पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी

`

     २०८२ वैशाख २१ गते ९:३५

काठमाडौं । कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा ११ बजेसम्म जारी रहनेछ ।

आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौंमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?