डा.बबी सिंहको ‘पेस्तोल डान्स’ सन्दर्भमा प्रहरीले अनुसन्धानका गर्न शुरु

`

     २०८२ वैशाख १८ गते १२:३८

काठमाडौं, १८ वैशाख । जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य डा।बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचिरहेको भिडिओको सन्दर्भमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । उक्त भिडिओको सन्दर्भमा अनुसन्धानका लागि सप्तरी प्रहरीले डा।सिंहलाई बोलाएको छ । सामाजिक सञ्जाल फेसबुक, टिकटकजस्ता प्लेटफर्ममा उनले पेस्तोल चलाउँदै नाचिरहेको भिडिओ भाइरल भइरहेको छ ।

डा।यादव सप्तरीको स्थायी ठेगाना बोदे बरसाईन नगरपालिका–५ हो । उनी राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरीसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?