काठमाडौं, बैशाख १७ । सरकार र शिक्षकहरुबीचको वार्तामा सहमति भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ताको सहमतिमा भने मन्त्रिपरिषद्को बैठकपछि हस्ताक्षर हुने बताइएको छ । मन्त्रिपरिषद बैठकले निर्णय गरेर पुरा हुने शिक्षकका माग पुरा भएपछि सम्झौतामा औपचारिक हस्ताक्षर हुने छ ।
आजको वार्तामा शिक्षकले राखेका माग मन्त्रिपरिषदमा लैजान सरकार सहमति भएको छ भने शिक्षकहरु आन्दोलन रोक सहमत भएका छन् ।




