काठमाडौं, १७ बैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । अध्यक्ष नेपालसहित नेकपा एसका नेताहरु आज बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेर पार्टीको तर्फबाट ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र महासचिव घनश्याम भुसालले वाचन गरेका थिए । बालुवाटारको भेटमा नेताहरु प्रकाश ज्वाला, प्रमेश हमाल, जगन्नाथ खतिवडा, डा। गंगालाल तुलाधर, राजेन्द्र पाण्डेलगायत सहभागी थिए ।




