मधेसी र थारु नमिलुन् भनेर रेशमलाई पक्राउ गरियो: प्रवक्ता शरद यादव

`

     २०८२ वैशाख १७ गते १:५७

काठमाडौँ, १७ वैशाख । जनमत पार्टीका प्रवक्ता शरद यादवले पहिचानवादी शक्तिहरूको एकता रोक्नका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

चौधरीलाई बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमको ठिक अघि उनलाई पक्राउ गरिएको हो । चौधरी पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका थिए । उनलाई सादा पोसाकका प्रहरीहरूले पक्राउ गरेर डिल्लीबजार कारागार लगिएको छ ।

प्रवक्ता यादवले भने, ‘हामी कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने बारेमा छलफलमा थियौँ । हामीले पनि गिरफ्तार गरेको भन्नेबारे सुनेका हौँ । किन लिएर गएका हो केही थाहा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?