काठमाडौं, १५ वैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोबर्ट डोमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको शिष्टाचार भेटमा शुभकामना आदानप्रदानपश्चात द्विपक्षीय सम्बन्धका विषयमा महत्त्वपूर्ण संवाद भएको उपराष्ट्रपति यादवको निजी सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल र संयुक्त अधिराज्यबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धको चर्चा गर्दै सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित भएको उल्लेख गरे ।




