काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदैछन् । परिवारका अन्य सदस्यसहित यही वैशाख ७ गते थाइल्याण्ड गएका देउवा दम्पती आज स्वदेश फर्किन लागेका हुन् ।
देउवा दम्पती आज दिउँसो १२ बजे काठमाडौं फर्किने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसिच कृष्णप्रसदा पौडेलले जानकारी दिए ।




