२०८४ को चुनावलाई लक्ष बनाएर अघि बढिरहेका छौँ : प्रधानमन्त्री ओली

`

     २०८२ वैशाख ११ गते ६:२०

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई सरकारभन्दा पनि आगामी निर्वाचनमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘हाल नेकपा एमाले र कांग्रेसको गठबन्धन सरकार स्थिरता र स्थायित्वका लागि बनेको हो । यसले निश्चित लक्ष्यसहित काम गरिरहेको छ । त्यसैले सरकारको अवस्थाभन्दा पनि आगामी चुनावमा केन्द्रित हुन आवश्यक छ ।’

ओलीले नेकपा एमाले सधैँ चुनावलाई प्राथमिकतामा राख्ने पार्टी भएको स्पष्ट पारे । ‘हामीले सधैँ चुनाव हेरेका छौँ, सरकार बनाउने र बचाउने मात्र होइन । २०७० को चुनावमा सहभागी भयौँ, अहिले २०८४ को चुनावलाई लक्ष बनाएर अघि बढिरहेका छौँ । ढुक्क भएर मिसन ८४ मा लाग्नुस्,’उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?