विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक महासङ्घको अनुरोध

`

     २०८२ वैशाख ०९ गते ४:२५

काठमाडौँ, ९ वैशाख । नेपाल शिक्षक महासङ्घले कुनै पनि हालतमा कक्षा १२ को परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ ।

महासङ्घले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै कुनै पनि हालतमा परीक्षामा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीलाई अनुरोध गरेको हो ।

वैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा हुदैछ । परीक्षा हुने केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षाको प्रकियामा सामेल हुन दबाब आएको महसंघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?