काठमाडौं । रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउने आदेश भएको छ ।
मंगलबार सो रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भएको थियो । संयुक्त इजलासमा पठाउने आदेशसँगै अब नयाँ पेसी तोकिने भएको छ ।
कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको दाबीसहित लामिछानेकी श्रीमती निकिताले रिट दायर गरेकी थिईन् ।