काठमाडौं, ९ वैशाख । पूर्व उपप्रधानमन्त्री डा.भीम रावलले शिक्षकहरुले माग सम्बोधन हुन नसक्नुले सरकार पूर्ण असफल भएको पुष्टि भएको बताएका छन् ।
उनले भनेका छन् ‘आज २१ दिन भयो शिक्षकहरुले आन्दोलन गर्नुभएको । त्यस्तो गम्भीर विषयमा, राष्ट्रलाई दीर्घकालीन असर पर्ने विषयमा शिक्षकहरुलाई वार्तामा ल्याएर परीक्षा लिन जानुस्, तपाईँहरु उत्तरपुस्तिका हेर्नुस्, अरु कुरा गर्दै गरौंला भन्नेसमेत नसक्ने प्रधानमन्त्री जती अयोग्य, गैरजिम्मेवार यो देशमा को हुनसक्छ यस्तो सरकारको औचित्य नै छैन,’– उनले भने ।