नेपाल ल क्याम्पसमा आज स्ववियु निर्वाचन

`

     २०८२ वैशाख ०८ गते १२:०७

काठमाडौँ, ८ वैशाख । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको नेपाल ल क्याम्पसमा सोमबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ ।

२०८१ साल चैत ५ गतेका लागि तोकिएको निर्वाचन तोकिएको मितिमा हुन नसकेपछि सोमबार निर्वाचन भएको हो । नेपाल विद्यार्थी संघले चुनाव गर्नका लागि अदालतमा दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनले यथासिघ्र चुनाव गर्न परमादेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?