काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म आयात निर्यात दुवै बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । तर आयात निर्यात बढे पनि गत वर्षको तुलनामा देशको व्यापार घाटा बढेको छ ।
विभागकाअनुसार २०८१/८२ को चैत मसान्तसम्म १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबरको वस्तु व्यापार भएको छ । अघिल्लो वर्ष २०८०/८१ को सोही अवधिमा १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको व्यापार भएको छ ।
यसअनुसार गत वर्षको तुलनामा चालु वर्षमा १६.८९ प्रतिशतले वैदेशिक व्यापारमा वृद्धि भएको छ । यो अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, भने १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।




