दुर्गा प्रसाईंले गरे प्रहरीसमक्ष आत्मसमर्पण

`

     २०८१ चैत्र २७ गते ९:११

काठमाडौँ  । दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

नेपाल प्रहरीको अनुरोधमा आसाम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?