काठमाडौँ, चैत्र २७ । दुर्गा प्रसाईंले पुनस् आफू नेपालमै रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै प्रसाईंले मानवअधिकारकर्मी र आफूले भनेका अधिवक्ताहरूको रोहबर हुने हो २४ घण्टाभित्रै आफू आउने बताएका हुन् ।
उनले भनेका छन्:- पुलिसले खोज्न पर्दैन । म नेपालमै छु कुनै ठाउँमा छु । मानवअधिकारकर्मी र अधिवक्ताहरूको रोहबर हुने भने म २४ घण्टाभित्र आउँछु, प्रसाईंले भनेका छन् । उनले नयाँ योजना बनाइरहेको समेत बताएका छन् । प्रसाईंले भनेका छन्, मेरो जीवनको ग्यारेन्टी हुन्छ भने म २४ घण्टाभित्र उपलब्ध हुन्छु ।




