काठमाडौ।, २७ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संघीयता टाउकोले टेकेर उभिएको टिप्पणी गरेका छन् ।
जनतामाझ जाँदै गर्दा निर्वाचन प्रणाली, जनप्रतिनिधिहरुको संख्या र संघीयताको बारेमा प्रश्न उठाउने गरेको महामन्त्री थापाले बताए । उनले नेपालले संघीयता ठीक ढंगले चलाउन नसकेको बताए । उनले भने, ‘हामी यो व्यवस्थालाई ठीक बनाउन चाहन्छौं । हामीले जनतासँग कुराकानी गर्दा निर्वाचन प्रणाली, जनप्रतिनिधिको संख्या असाध्यै धेरै भयो । संघीयता नेपालमा ठीक छ । तर, ठीक ढंगले चलाउन जानेनौं । संघीयता अहिले टाउकोले टेकेर उभिएको छ । यसलाई खुटटले टेकेर उभिने बनाउनुछ,’– उनले भने ।




