मिश्र र राणालायतको रिहाइको माग गर्दै राप्रपाद्वारा काठमाडौंमा प्रदर्शन

`

     २०८१ चैत्र २१ गते ६:५७

काठमाडौं, २२ चैत । तीनकुनेको हिंसात्मक प्रदर्शनको निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज प्रदर्शन गरेको छ ।

राप्रपा काठमाडौंको आयोजनामा भएको आजको प्रदर्शनमा वरिष्ठ नेताद्वय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनीलागतका नेताहरु सहभागी थिए । तीनकुनेको हिंसात्मक घटनामा जोडेर वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई पक्राउ गरेको भन्दै उनीहरुले आपत्ति जनाए । नेताद्वय मिश्र र राणालगायत झुठा मुद्दा लगाइएकालाई निशर्त र सम्मानपूर्वक रिहाइको उनीहरुले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?