काठमाडौं, चैत २१, । काठमाडौं महानगरपालिकाका कर्मचारीहरू आन्दोलित बनेका छन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई हाजिर गर्न दिनुपर्ने माग गर्दै उनीहरू आन्दोलित बनेका हुन्। महानगरले भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई रोक्न उनको कक्षमा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरेको छ।
पुरानो बसपार्कमा काठमाडौं टावरको नक्सा नियमविरीत पास गर्ने प्रक्रिया अगाडि बढाएपछि गुरागाईंलाई महानगरले जिम्मेवारीबाट हटाएको थियो।
उनलाई निलम्बन गरेपछि महानगरले आफूलाई नयाँ प्रशासकीय अधिकृत दिन बारम्बार संघीय सरकारसँग माग गर्दै आएको छ। आन्दोलित कर्मचारीले भने बालेनले सामाजिक सञ्जालमा स्टाटस लेखेको भरमा महानगर नचल्ने चेतावनी दिएका छन्।




