सांसद पद आजै फुकुवा गर्न सभामुखसमक्ष रविको माग

`

     २०८१ चैत्र १८ गते १२:५२

काठमाडौं, १९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका छन् ।मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसंग भेटेर लामिछानेले आफूमाथि लगाइएको निलम्बनआजै फुकुवा गर्न माग गरेका हुन् ।

उनले राजनीतिक प्रतिशोधका आधारमा सांसद पद निलम्वन गर्न नियोजित रुपमा आफुमाथि सम्पती शुद्धिकरणसम्बन्धी मुद्दा लगाएको भन्दै निलम्बन फुकुवा गर्न आग्रह गरिएको बताए ।

लामिछानेले सम्पती शुद्धिकरणसम्बन्धी मुद्दा अदालतमा टेकाएकै भरमा सांसद पद निलम्वन हुने कुराले सदनलाई नै असर गर्ने देखिएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?