काठमाडौँ, १८ चै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किएका छन् । उनी पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन सोमबार बनस्थलीस्थित पार्टी कार्यालयमा पुगेका छन् ।
सहकारी ठगी प्रकरणमा मुछिएसँगै उनी पार्टी गतिविधिबाट बाहिर थिए । अहिले पनि मुद्दा विचाराधीन रहेकै अवस्थामा उनी पार्टी राजनीतिमा फर्किएका हुन् ।




