काठमाडौं, १७ चैत । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा सुविधा कटौती गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिले पाउने सुरक्षाकर्मीसँगै अतिरिक्त सुविधा लिँदै आएका थिए । सरकारले अतिरिक्त सुविधा कटौती गर्दै पूर्वराष्ट्रपतिले पाउने सुरक्षा व्यवस्थामात्रै उपलब्ध गराएको हो ।




