काठमाडौँ, चैत १६ । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जम्मा ७ लाख ९३ हजार जरिवाना तिराउने भएको छ।
कोटेश्वर सडक, महादेवस्थान सडक, तिनकुने सडक, जडिबुटी सडक, बालकुमारी,सिनामङ्गल सडक र दमकल तोडफोड गरेकोमा लगायत क्षति विवरणसहित विभिन्न शीर्षकमा जरिवाना तोकेर निर्मल निवासलाई पत्र काटेको हो।




