माओवादी केन्द्रको विज्ञप्ति सार्वजनिक, कुलमान हटाउने निर्णय फिर्ता लिन माग

`

     २०८१ चैत्र ११ गते ५:५८

काठमाडौं, १२ चैत । नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय सरकारले तत्काल फिर्ता लिनुपर्ने बताएको छ । आज  विज्ञप्ति सार्वजनिक गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले कुलमानलाई हटाउने निर्णय अन्यायपूर्ण र अपमानजनक रहेकाले सरकार व्यापक हुनुपर्ने बताएका हुन् ।

माओवादीले विचौलिया र दलालहरूको स्वार्थमा परेर सरकारले कुलमानलाई हटाउने निर्णय गरेको आरोप लगाएको छ । कुलमानलाई हटाउने सरकारको निर्णयलाई माओवादीले ‘कुशासनको पछिल्लो दृष्टान्त’ को संज्ञा दिएको छ । ‘अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ,’– विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?