मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देशचाहिँ नहराउनु होला : मेयर बालेन

`

     २०८१ चैत्र ०९ गते ७:१९

काठमाडौँ, चैत्र १० । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले आइतबार सामाजिक सञ्जाल फेसबुकमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कांग्रेसको इतिहास माटोमा नमिसाउन सुझाव दिएका छन् ।

उनले लेखेका छन् “माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंहज्यु, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो? मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देशचाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला,” मेयर बालेनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?