काठमाडौं, १० चैत्र । पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन राप्रपालाई सुझाव दिएका छन् ।
‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन् । जाननीति नै गर्नेभए बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ । अथवा पार्टी खोलेर गरे भइहाल्यो नि ।’




