काठमाडौँ, ८ चैत्र । झन्डै दुई हप्ताको भारत भ्रमण सकेर आज दिउँसो स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले भारतको समर्थन नेपालको डेमोक्रेटिक सिस्टमलाई नै भएको बताएकी छन्।
नेपालको पोलिटिकल सिस्टमबारे खास कुरा भएन। तर, उहाँहरूको सपोर्ट डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने उहाँहरूको हरेक गतिविधिबाट बुझ्न जरुरी छ। अहिलेको गमभेन्ट एकदमै हामीसँग एङ्गेज छ। सिस्टम नै चेन्ज हुने भन्ने उहाँहरूको आशय देखिनँ, उनले भनिन्।




