पूर्वराजा ज्ञानेन्द्र शाह गोरखाको धार्मिक भ्रमणमा जाने

`

     २०८१ चैत्र ०५ गते २:१४

काठमाडौं, ६ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा भ्रमणमा जाने भएका छन् । शाहका सम्वाद सचिव डा। फणिराज पाठकले आज एक वक्तव्य जारी गर्दै शाहको गोरखा भ्रमणको जानकारी गराएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखामा रहेको गोरखनाथ मन्दिर र मनकामना मन्दिरको दर्शन गर्ने तय भएको जनाईएको छ । यसअघि पूर्वराजा शाह पोखराबाट काठमाडौं आउँदा हजारौंको संख्यामा जनताको स्वागत पाएका थिए । यसपछि राजावादीहरु हौसिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?