काठमाडौं, चैत ३ । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् ।
सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएका हुन् ।
संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।