काठमाडौं, ३ चैत्र । इजरायलले गाजामा हवाइ आक्रमण गरेको छ । सो आक्रमणबाट गाजामा तीन पत्रकारसहित ९ जनाको मृत्यु भएको छ । गाजा युद्धविरामबारे इजिप्टको कायरोमा वार्ता जारी रहँदा इयरायलले शनिबार राति गाजाको उत्तरी सहर बेइत लाहियामा हवाई आक्रमण गरेको हो ।
आक्रमणबाट ९ जना प्यालेस्टिनी नागरिकको मृत्य भएको हमासको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । समाचारमा जनाइएअनुसार मारिनेमध्ये तीनजना स्थानीय पत्रकार रहेका छन् । हवाइ आक्रमणमा परी दर्जनौ्ँ गम्भीर घाइते भएको बताइएको छ ।